वि.सं.२०८३ वैशाख २० आइतवार

नेपालमाथि चीनले नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन : राजदूत होउ

khanepani

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन’ भएको बताएकी छन् ।

चिनियाँ दूतावासले आयोजना गरेेको भर्चुअल पत्रकार सम्मेलनमा उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने बताइन् । ‘नेपालबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ । यो अघिल्लो समयकोभन्दा ६३ प्रतिशतले बढी हो,’ राजदूत होउले भनिन्, ‘त्यसले कथित सफ्ट ब्लकेड भनिने गरेको विषय आधारहीन रहेको देखाउँछ ।’

पत्रकार सम्मेलनमा उनले कोरोना महामारीमा स्वास्थ्यलाई ध्यानमा राखेर कदम चलिएको बताएकी छन् ।

ranechhap