वि.सं.२०८३ जेठ ३१ आइतवार

पूर्वप्रधानमन्त्री ओलीलाई स्काउटको एशिया प्रशान्त क्षेत्रीय ‘मेधावी योगदान’ पदक प्रदान गरिँदै

khanepani

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एशिया प्रशासन्त क्षेत्रद्धारा ‘मेधावी योगदान’ उच्च पदक प्रदान गरिने भएको छ ।

नेपाल स्काउटको संयोजनमा आज काठमाडौंमा आयोजना हुन लागेको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री ओलीले सो पदक प्रदान गर्न लागेको आयोजकले बताएका छन् ।

प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्वप्रधानमन्त्री ओलीलाई प्रदान गर्न लागिएको हो ।

स्काउटको विकास र विस्तारमा ओली प्रधानमन्त्री भएको बेला विशेष पहल भएको नेपाल स्काउटका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । ओलीकै पालामा ७६३ वटै स्थानीय तहमा स्काउट विस्तार भएको नेपाल स्काउटले जनाएको छ ।

ranechhap