काठमाडौं । नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि (विहीबार) घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ ।
पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः भोलि नै अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।









































