काठमाडौं । बुधबार दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद बैठक एक घण्टा धकेलिएको छ।
दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
‘मन्त्रिपरिषद बैठक दिउँसो २ बजे बस्ने गरी सूचना आएको छ,’ एक मन्त्रीले भने, ‘आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा धकेलिएको हो।’
नेकपा सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्दैछ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक बस्न लागेको हो।
आजको सचिवालय बैठक सार्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्य भने सचिवालय बैठक आजै गर्ने पक्षमा छन्।









































