वि.सं.२०८३ वैशाख ८ मंगलवार

कर्मचारी प्रशासन तथा मानव श्रोत बिकाश महाशाखा प्रमुखमा राई र प्राविधिकमा ढकाल

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कर्मचारी प्रशासन तथा मानव श्रोत बिकाश महाशाखा प्रमुखमा उपप्रबन्धक प्रकाशकुमार राईले जिम्मेवारी पाएका छन ।

त्यहाँ कार्यरत सुन्दरबाबु अर्यालको अनिवार्य अबकाशपछि रिक्त पदमा राईले जिम्मेवारी पाएका हुन ।
प्रशासन तर्फका एक मात्र दावेदार राईले उक्त जिम्मेवारी सफलता पुर्वक सफल बनाउनेमा कर्मचारीहरु बढी आशावादी देखिएका छन । केयूकेएलमा अब्बल कर्मचारीहरुको श्रेणीमा पहिलो स्थानमा रहेका राई इमानदार, कर्तव्यनिष्ठ र परिमाणमुखि कर्मचारी हुन ।

उनलाई उक्तपदमा जानबाट रोक्न अनेक तिक्डम र जालझेल गरेपनि केयूकेएलका बोर्डका अध्यक्ष तथा सदस्यहरुको सल्लाहमा सिइओ मिलनकुमार शाक्यले राईलाई जिम्मेवारी दिएका हुन ।

केयूकेएलमा सिईओ भएपछिको शाक्यको यो पहिलो कामको सबै कर्मचारी युनियनका नेताहरु र केयूकेएलका सबै कर्मचारीहरुले खुसी व्यक्त गर्दै सिईओ शाक्यलाई धन्यवाद समेत दिएका छन ।
राईको प्रशासनको जिम्मेवारीपछि केहि काम चोर कर्मचारीहरुको निद्रा गायव भएको सूचना आएका छन ।

त्यसैगरि ढल महाशाखाका प्रमुख तथा सिईओका प्रतिस्पर्धी अर्जन बाबु ढकाललाई मुख्य कार्यालयमा सरुवा गरिएको छ । सिईओका कामको चेक एण्ड व्यालेन्स रुपमा उनको सरुवा मुख्य कार्यालयमा भएको मन्त्रालय स्रोतले दावी गरेको छ । सिईओ स्वइच्छाचारी भएपछि ढकाललाई मुख्य कार्यालयमा ल्याउनु परेको एक वोर्ड सदस्यले बताएका हुन ।

ranechhap