वि.सं.२०८३ वैशाख ८ मंगलवार

प्रेसपास दूरुपयोग गर्ने ठेकेदार पत्रकार प्रकाश लामिछानेलाई कारवाहि के ?

khanepani

काठमाडौं । आज भोली काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्ड र आयोजना कार्यन्वयन निर्देशनालयको प्राङगनमा एउटा प्रेस लेखिएको गाडि पार्किङ गरेको देखिन्छ ।

यो गाडि त्यहाँ देखिएपछि कर्मचारीहरु अलिक बढी नै सशंकित भएछन । प्रायः टेण्डरका फारम किन्न, कोटेशनको काम हात लगाउन साना देखि ठूला कर्मचारीहरुलाई धम्की दिनकै लागि यो प्रेस लेखिएको गाडि त्यता देखिएपछि, त्यहाँ कार्यरत कर्मचारीहरुले हामीलाई खबर गरेपछि हामीले पनि गाडिको पिछा गरेका थियौं ।

गाडि र गाडिका चालक पूर्वपत्रकार र हालका खानेपानीका ठेकेदार भएको पुष्टि भएपछि हामीले गाडिको फोटो लिएका थियौ ।
प्रदेश ३–०१–०२२ च ६१३८ नम्बरको गाडि गोरखा निवासी सप्लायर्स तथा निर्माण ठेकेदार प्रकाश लामिछानेको हो ।

उनी यो गाडिमा सवार भएर कुनै समाचार खोज्न हिडेका थिएनन । उनी प्रेसको दुरुपयोग गर्दै खानेपानीका ठेक्का हात लगाउन हिडेका हुन । कर्मचारीहरुलाई आतंकित बनाउर्दै लामिछानेले खानेपानीका करोडौंका ठेक्का पट्टा हात पारि सकेका छन । उनी ठेक्का टेण्डरमा भन्दा पनि मिलाएर काम गर्न धेरै माहिर छन ।

उनले लिंक मर्मतको करिव १ करोडमाथिको ठेक्का हालसालै हात पारेको समाचार स्रोतले दावी गरेको छ ।
बाहिर चक्रपथको काममा पनि उनले राम्रै दाम कमाउन सफल भएका थिए । चक्रपथको काममा एउटै प्याकेजमा सक्नुपर्ने कामलाई सडक वारी र पारी दूई दुई टुक्रा पारि चार भागमा विभाजन गरेर काम सम्पन्न भएका तथ्यहरु फेला परेका छन ।

यसरी प्रेस पासको दूरुपयोग गर्नेलाई कारवाहि कस्ले गर्ने हा,े त्यो हेर्न बाकि छ । यसरी पास दुरुपयोग हुदाँ बागमती प्रदेशले जारी गरेका पास तत्काल रद्ध भएका छन भने सूचना विभागले जारी गरेका पास के हुन्छ, त्यो प्रतिक्षाकै विषय भएको छ ।

ranechhap