वि.सं.२०८३ वैशाख ७ सोमवार

केयुकेएलको बद्नाम गरे शाक्यले, शाक्य विरुद्ध चौतर्फी घेराबन्दीको तयारी

khanepani

काठमाडौं । घरमुली खराब भएपछि सन्तानको अवस्था कस्तो होला सहज अनुमान लगाउन सकिन्छ ? चुनाबका प्रतिस्प्रधिले पनि चुनाव जितेपछि हार्नेको सम्मान र इज्जत गरेका छन ।

तर, सबै, इज्जत, इमान र कर्तव्य च्यूत भएका पाखण्डीहरुले आफु मातहतमा रहेका कुनै प्रतिस्प्रधी कार्यालय प्रमुख भएको अड्डालाई निकासै रोकेर असहज अवस्था सृजना गर्दछ भने त्यस्ता पिचासशैली भएका नरभक्षकलाई के भन्ने ?

आफ्ना गल्ती कमजोरी लुकाउन अमुक व्यक्तिलाई अनेक लान्छाना लगाएर आफु पानी माथिको ओभानो हुन खोज्ने तुच्छ र मतिहराम कार्यशैलीले कहाँ पुगिएला सहज अनुमान लगाउन सकिन्छ ।

एउटा सानो मोवायलमा समेत मन थाम्न नसक्ने चोर शैलिले खानेपानीको उपल्लो पदलाई कसरी जोगाउन सक्लान कुरा काट्नेहरुलाई मजाकै मशला मिलेको आजको यो अवस्थालाई कसरी पार लगाउलान त्यो भविष्यमा अवश्य नै देखिएला ।

यस्तै भएको छ, प्रचण्ड बुहारी वीना मगरले बनाएका सिईओको चाला । उनी हुन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मिलनकुमार शाक्य । उनी सिईओ भएपछि उनीसँगै सिईओका प्रतिस्प्रधी रहेका काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल महाशाखा र जाउलाखेल शाखाले पाउनु नपाउनु अप्ठारो झेल्नु परेका गुनासाहरु आएका छन ।

उनकै प्रतिस्प्रधीमा थिए, ढल महाशाखाका प्रमुख अर्जुनबाबु ढकाल र जाउलाखेल शाखाका प्रमुख डाक्टर डिपी चापागाई । यी दुईलाई चक्मा खुवाउदै सिईओ भएका शाक्यले यतिखेर उतिखेरको ईगो देखाउदै निकासा नदिएर काममा नै बाधा पारेको बुझिन आएको छ ।
सिआईपी अन्तरगतको कामको भ्याली बोर्डबाट पैसा आएपछि केयूकेएल मुख्य कार्यालयबाट अन्य शाखालाई निकासा दिनु पर्ने हुन्छ, त्यो निकासा दिन उनले
आलटाल गरेर बनेको चेकमा समेत महिनौ सहि नगरिदिने गरेको बुझिएको छ ।

त्यतिमात्र होइन, केयुकेएलको सिईओ मिलनकुमार शाक्यले सबै शाखाहरुबाट अनिवार्य सिस्टमभन्दा बढी पैसा दिन आदेश दिएको शाखा प्रमुखहरुले बताएका छन । उनले मुख्य कार्यालयका वितरण तथा प्राविधिक शाखा हेर्दै आएका सतिशकुमार दत्तको अधिकार खोसेर आफैले लिएको केयूकेएलमा चर्चा चलेको छ ।
शाखाहरुले गरेका कुनै पनि कामको भुक्तानी रोकिएपछि ठेकेदारहरु आफै सिइओलाई भेटेर काम गरिदिन आग्रह गर्ने गरेको समाचार स्रोतले बताएको छ ।
यसै विषयमा सिईओ शाक्यसँग सम्पर्क गर्न उनको सेल नम्बर ९८४१४२८३८८ मा पटक पटक फोन गर्दा र एसएमएस पठाउदा पनि मतलव दिएनन । त्यसैले
उनको कुरा राख्न पाइएन । यस कारण समाचार एकतर्फी हुन पुगेको छ ।

उनले ढल महाशाखामा सहायक कर्मचारीलाई लेखापाल बनाएर आफ्नो सक्कली चेहरा सार्वजनिक गरेको आरोप केयूकेएलका वरिष्ठ अधिकारीहरुले लगाएका छन ।

सिईओ शाक्य आफ्नो घर चलाएको शैलीमा केयूकेएल चलाउन थालेपछि केयूकेएलमा उनको विरुद्धमा उनकै समकक्षहरुले समेत असहयोग गर्नुपर्ने अवस्था आउन थालेको दुखेसो आफु निकटकाहरुसँग पोख्ने गरेका छन ।

यदि यस्तो अवस्था केयुकेएलमा आएमा सिईओ मिलन शाक्यको बैरगमनलाई कसैले छेकेर नछेकिने अबस्था निकट आएको छ । शाखाहरुको अनियमितता र भ्रष्टाचार गर्ने शाखा प्रमुखहरुलाई संरक्षण गर्ने उनको कार्यशैलीले इमान र जमानमा काम गर्ने कर्मचारीहरुलाई सकस हुन थालेको कर्मचारीहरुकै कथन छ ।
सिईओ विरुद्ध अख्तियारमा समेत मुद्धा दर्ता हुन लागेको समाचार स्रोतले दावी गरेको छ ।

महांकालचौरमा राजु कोइराला र साउद समुहले फिटिङ्गका सामान खरिदमा व्यापक अनियमिता गरेका छन । जागिरको अधिकांश समय मालदार शाखामा बस्ने नवलसिंह साउदका अगाडि भिजेको मुसा जस्तै हुने सिईओको दिन गन्ती शूरु हुनु केयूकेएलका लागि अनिष्ठ हुनु पूर्वको सन्नटा भन्नेहरुको कमि छैन केयूकेएलमा ।

ranechhap