काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ नामक समाचार पोर्टल सुरू गरेको छ । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनले आधिकारिक पोर्टलस्वरूप डिजिट प्रकाशनको रूपमा उक्त अनलाइन सञ्चालनमा ल्याएको हो ।
नेकपा (एस) को निर्वाचन चिन्ह ‘कलम’ को नामबाट ल्याइएको पोर्टलको उद्घाटन समाजवादी प्रेस संठगनको विस्तारित बैठकबीच अध्यक्ष माधवकुमार नेपालले गरे ।
पोर्टलबाट निरन्तर समाचार सामाग्रीहरू अपडेट गरिने समाजवादी प्रेस संगठनले जनाएको छ ।
यस्तै प्रत्येक १५/१५ दिनमा छापा संस्करण पनि प्रकाशन गर्ने संगठनले जानकारी दिएको छ ।









































