वि.सं.२०८३ जेठ ३१ आइतवार

चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

khanepani

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका छन् ।

त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

ranechhap