वि.सं.२०८३ जेठ ३० शनिवार

विभिन्‍न लागु औषध र भरुवा बन्दुकसहित एकजना मकवानपुरबाट पक्राउ

khanepani

काठमाडौं । प्रहरीले विभिन्‍न लागु औषध र भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका-५ बस्‍ने ५२ वर्षीय डिलबहादुर गोङ्वा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

गोङ्वाले आफ्नो घरभित्र लुकाई छिपाई राखेको अवस्थामा ७५ ग्राम अफिम, ७०० ग्राम गाँजा र एक नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ranechhap