काठमाडौं । नेपाल प्रहरीले नेत्र विक्रम चन्द’ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरीलाई पक्राउ गरेको छ।
भक्तपुर प्रहरी परिसरका प्रवक्ता दीपक गिरीले पार्टीका जिल्ला सेक्रेटरी ऐन बहादुर शाहीलाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिएका हुन्।
कालीकोट स्थायी ठेगाना भएका शाहीमाथि पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा वम विस्फोट गराएको आरोप छ।
विस्फोटपछि उनी फरार रहँदै आएका थिए। प्रहरीले उनलाई ठिमीबाट पक्राउ गरेको हो।