06, May, 2024

प्रचण्डसहित पाँच सचिवालय सदस्य पुगे बालुवाटारमा

Bagmati Voice
संवाददाता
२२ कार्तिक २०७७, शनिबार १२:३० | ३ साल अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालय सदस्य बालुवाटार पुगेका छन्।

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सचिवालय बैठक बोलाउनका लागि आग्रह गर्नको लागि उनीहरू बालुवाटार पुगेका हुन्।

आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले ओलीलाई लिखितरूपमै बैठकका लागि आग्रह गर्ने निर्णय गरिएको थियो।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए। यसअघि शुक्रबार पनि धुम्बाराहीमा बैठक बसेको थियो। बैठकमा ओलीनिकट सदस्य भने उपस्थित थिएनन्।

२२ कार्तिक २०७७, शनिबार १२:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading