08, Sep, 2024

भक्तपुरमा बुधबार थपिएका २ जनामध्ये कोरोना संक्रमित गठ्ठाघरकी ३४ वर्षीया महिला

Bagmati Voice
संवाददाता
१७ असार २०७७, बुधबार ११:५४ | ४ साल अगाडी

भक्तपुर । भक्तपुरमा बुधबार थपिएका २ जनामध्ये कोरोना संक्रमित गठ्ठाघरकी ३४ वर्षीया महिला भएको पाइएको छ ।

उनी छातीमा गाँठो देखिएपछि भक्तपुर क्याक्सर अस्पताल गएकी थिइन् । चिकित्सकहरुले त्यसको शल्यक्रिया गर्नुपर्ने भन्दै पहिला कोरोना परीक्षण गर्न आग्रह गरेका थिए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको भक्तपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. कृष्णबहादुर मिजारले जानकारी दिए ।

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा लगिएको छ ।

१७ असार २०७७, बुधबार ११:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading