वि.सं.२०८३ असार ८ सोमवार

चन्द्रागिरीमा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

khanepani

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रूपमा र बाँकी भर्चुअल माध्यमबाट सहभागी भएको आयोजकले बताएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँचवटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत-समथर भू-भागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका थिए । उनलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीले स्वागत गरेकी थिइन् ।

ranechhap