05, May, 2024

नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दै

Bagmati Voice
संवाददाता
९ चैत्र २०७८, बुधबार ०७:५४ | २ साल अगाडी

काठमाडौं । नेकपा (एमाले)केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन् ।

बैठक दुई दिनसम्म चल्नेछ ।

९ चैत्र २०७८, बुधबार ०७:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading