एजेन्सी । दोश्रो कार्यकालका लागि जो बाइडनसँग प्रतिष्पर्धा गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकारले उनको जितलाई लिएर आफू चिन्तित रहेको बताएका छन्।
ह्वाइट हाउसका अधिकारीहरूले ती सल्लाहकारलाई निर्णायक मानिएका राज्यहरूको चुनावी अभियान राम्रो भएको भएपनि उनीहरू एकदमै आशंकित रहेको बताएको उनको भनाइ छ।
ट्रम्पका ती सल्लाहकारले यस निर्वाचनलाई ‘छ राज्यको भिडन्त’का रूपमा हेरेका छन् र ती राज्यमा ट्रम्पको सम्भावना राम्रो छ। तर डेमोक्रेटिक पक्षधर ठाउँबाट प्रारम्भिक मतदानको मात्रा अनपेक्षित छ।
‘यदि फ्लोरिडा बाइडनको पक्षमा गए, खेल खत्तम। यदि ट्रम्पको पक्षमा गए, खेल जारी रहनेछ’, ती व्यक्तिले भने।
९३ प्रतिशत मतगणना सकिदां फ्लोरिडामा ट्रम्पको ५१ प्रतिशत मत छ भने ४९ प्रतिशत मत बाइडनको छ।
राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्ट्रोलरमा जित हासिल गर्नुपर्छ।
फ्लोरिडा मा कुल २९ इलेक्ट्रोलर इलेक्ट्रोल छ।









































