काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षअघि भएको राजदवार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको स्मरण गरेका छन् ।
मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दरवार हत्याण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरु रहस्यकै गर्तमा रहेका बताए । ओलीले राजदवार हत्याण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास आफूहरुले रोकेर माधव नेपालको रहर पूरा हुन नदिएको बताए ।
ओलीले भने– राजदवार हत्याकाण्डमा दिपेन्द्रले बाउ आमा र भाइ बहिनी मारेको प्लट बनाइयो । दुनियाँ त्यसको पछि कुद्यो र अन्तर्राष्ट्रिय समुदाय पनि कतिपले बुझे पनि केही भनेनन्,त्यही स्थापित भयो । छानबिन समितिको ड्रामा गरेर त्यसमा माधव नेपाल पनि बस्न रहर गरेका थिए, बसेका थिए तर हामीलाई हटाइदियौं । कमसेसकम त्यो ड्रामामा एमाले संलग्न नहुने भन्यौैं ।









































