वि.सं.२०८१ फागुन १ बिहीवार

प्रहरी महानिक्षकको भाषण चलिरहदा, कसरी गरे प्रहरी हिरासतभित्र थुनुवाले आत्मा हन्या

काठमाडौं । बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए।

प्रहरी महानिरीक्षक सहभागी कार्यक्रममा ३ जना एआइजी, डिआइजीलगायत उच्च प्रहरी अधिकारी पनि आएका थिए।
४ तल्ले भवनको उद्घाटन गरेर प्रहरी महानिरीक्षक ज्ञवालीले मन्तव्य राखिरहँदा भित्र प्रहरीको हिरासत कक्षमा एक जनाले आत्महत्या गरे।

बलात्कारको मुद्दामा असार १४ गते ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेपछि उनी पक्राउ परेका थिए।

उनले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

‘उनलाई छुट्टै कोठामा एक्लै राखिएको थियो’, जावलाखेल प्रहरी परिसरका एक प्रहरीले भने, ‘उनको पिसिआर रिपोर्ट आउन बाँकी थियो।’

Untitled