काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ।
गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए।
केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए।
केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्।
उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए।
उनको आजै अन्त्येष्टि गर्ने तयारी छ।








































