वि.सं.२०८३ असार २१ आइतवार

महाकलीमा भारतले एकतर्फी बाँध बनाएकाेप्रति अखिलको आपत्ति

khanepani

काठमाडौं । भारतीय पक्षले दार्चुलाको महाकाली नगरपालिका खलंगामा अन्तर्राष्ट्रिय कानूनविपरीत महाकली नदीमा बाँध निर्माण गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएकाे छ । अनेरास्ववियुले यसबारे कूटनैतिक पहल गर्न सरकारसँग मागसमेत गरेको छ ।

चैत १ गते बसेको भर्चुअल बैठकले आधारभूत तहको बाल शिक्षा एवम् विद्यालय शिक्षमा भइरहेको अनियमिततालाई तत्काल रोक्न स्थानीय सरकारलाई प्रभावकारी अनुगमनको निम्ती खबरदारी गर्दै राजनैतिक प्रतिशोध र गैरप्राज्ञिक कार्यहरुले शैक्षिक संस्थाहरुलाई बन्धक बनाइनु दुःखद भएकोले विश्वविद्यालय हाताभित्र प्राज्ञिक वातावरण निर्माण गर्न सरोकारवालाहरुको ध्यान आकर्षण गराएको छ ।

आगामी चैत्र १८ र १९ गते संगठनको विस्तारीत बैठक बस्ने निर्णय गर्दै अनेरास्ववियुले आगामी वैशाख ३० गते हुुने स्थानीय तह निर्वाचनका लागि एमालेका उम्मेदवारलाई विजयी गराउनका लागि वडा तहसम्म र प्रत्येक बुथमा संगठनले स्वययंसेवक परिचालनका गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।

ranechhap