वि.सं.२०८३ वैशाख १९ शनिवार

लागूऔषध नाइट्राभेट १०सहित कालिमाटीबाट दुईजना पक्राउ

khanepani

काठमाडौं । प्रहरीले ९०० पिस (६०फाइल) लागूऔषध नाइट्राभेट १०सहित दुईजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित खडकखण्डमा महानगरीय प्रहरी वृत्त कालिमाटीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्‍दै आएका २० वर्षीया अनिश थापा मगर र भारतको उत्तर प्रदेश महाराजगञ्‍ज बरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

ranechhap