वि.सं.२०८३ असार १६ मंगलवार

झापाको राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

khanepani

झापा । झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अंदाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

ranechhap