काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमवार एमो अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धिताल एमालेमा प्रवेश गरेका हुन् ।
सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ ।
पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफंै जुम्ला जाने भएका छन् ।







































