वि.सं.२०८३ वैशाख २० आइतवार

प्रकाशको नयाँ गीत ‘पिर’ विवादमा, युट्युबबाट हटाएर सार्वजनिक रूपमा माफी माग्नु पर्ने चेतावनी

khanepani

काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ रिलिज भएको २४ घण्टा नबित्दै विवादित बनेको छ ।

जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएका गीत यति बेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।

गीत सार्वजनिक भएपछि माओवादी वृत्तले यसको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् ।

प्रकाशले सार्वजनिक रूपमा माफी मागेर तत्काल गीत युट्युबबाट नहटाए गैर जिम्मेवार हर्कत सहेर नबस्ने उल्लेख गरेकी छिन् ।
https://www.facebook.com/karagarskt/posts/2384886814987711

ranechhap