वि.सं.२०८३ वैशाख १९ शनिवार

“सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय”

khanepani

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको “सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय” को उद्घाटन गरिएको छ।

लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त भवनको आज उद्घाटन गरिएको हो। उपभोक्ता समितिमार्फत दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो।

उक्त भवनको पहिलो तलामा भान्सासहित संस्कृतिविद् सत्यमोहन जोशीको सुत्ने कोठा बनाइएको छ। उक्त सङ्ग्रहालयमा भुईँ तलामा बैठक कक्ष छ भने माथिल्लो तलामा लोकसंस्कृतिसँग सम्बन्धित बाजा, पुस्तक राखिएका छन्।

झण्डै एक करोड पचास लाखमा उक्त भवन निर्माण गरिएको बताइएको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास क्षेत्रबाट ४९ लाख ३० हजार र जनसहभागिताबाट करिब पाँच लाख सहयोगबाट उक्त भवन निर्माण गरिएको हो।

ranechhap