वि.सं.२०८३ असार ५ शुक्रवार

फास्ट ट्र्याकमा कामु प्रधानन्यायाधीश-संवैधानिक नियुक्ति बदरको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

khanepani

काठमाडौं । कायम मुकायम प्रधान न्यायाधीश दिपक कुमार कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट सुनुवाईका लागि संवैधानिक इजलासमा पेशी तोकेका छन् ।

गोला प्रक्रियाबिना प्रधान न्यायधाीशले गठन गरेको संवैधानिक इजलासमा ओम प्रकाश अर्यालले दायर गरेको रिटमाथि आजै सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा कामु प्रधान न्यायाधीश कार्कीसहित हरिकृष्ण कार्की,ईश्वर खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा तोकिएका छन् ।

यसअघि कामु प्रधान न्यायाधीश कार्कीले गत बुधवार सो सम्बन्धी मुद्दा आफ्नै इजलासमा राखेर लगत कट्टाको आदेश दिएका थिए । न्यायाधीश हरि फुँयालको इजलासले सो मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुनका लागि दिएको आदेशको लगत्त कट्टा गरी संवैधानिक इजलासमा पठाइएको हो ।

ranechhap