वि.सं.२०८३ असार १७ बुधवार

पुलको निर्माण मापदण्ड अनुसार नभएपछि भत्काएर अर्को बनाउन निर्देशन

khanepani

काठमाडौं । बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन-जयबाबा-काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए

उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।

गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ । भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ ।

ranechhap