वि.सं.२०८३ वैशाख १९ शनिवार

हरियो मतपत्रमा ओलीको आपत्ति, भने- कुन हिसाबले हरियो राखियो ?

khanepani

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।

कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।

‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टि निकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यति हो भने कुन हिसाले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’

ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन भनेर हरियो राख्ने हो ? यदि निर्वाचन अयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’

ranechhap