वि.सं.२०८३ असार ८ सोमवार

कांग्रेस निकट कर्मचारी युनियनमा पोखरेल विजयी

khanepani

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी संगठन निजामती कर्मचारी यूनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्।

पोखरेल ३४८ मतसहित सुरेन्द्रप्रसाद अधिकारीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी पार्टीमा संस्थापनइतर समूह निकट हुन् । पोखरेलसँग चुनाव लडेका अधिकारीले २६१ मत प्राप्त गरे।

केही पद सर्वसम्मत भएको अध्यक्षमा विजयी पोखरेलले जानकारी दिए ।

हालसम्म पदाधिकारीको मात्रै मतगणना सकिएको छ। केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार सकिने अध्यक्ष पोखरेलले बताए।

युनियनबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल निर्वाचित भएका छन्। महासचिव जनकबहादुर रावल विजयी भएका छन् भने उपमहासचिव इन्दु शर्मा विजयी भएका छन्।

विजयी भएका पदाधिकारीहरू

अध्यक्ष : गोपालप्रसाद पोखरेल
वरिष्ठ उपाध्यक्ष : उत्तम कटुवाल
खुला उपाध्यक्ष : यज्ञबहादुर ओली
१ नं. प्रदेश अध्यक्ष : मानबहादुर वन
मधेश प्रदेश : राजकिशोर राउत
बाग्मती प्रदेश अध्यक्ष : श्रीराम लम्साल
गण्डकी प्रदेश अध्यक्ष : दिपक रेग्मी
लुम्बिनी प्रदेश अध्यक्ष : मदन गौतम
कर्णाली प्रदेश अध्यक्ष : चन्द्रबहादुर खड्का
सुदुरपश्चिम प्रदेश अध्यक्ष : धर्मबहादुर देउवा
संघीय अध्यक्ष : तेजबहादुर के.सी.
महिला उपाध्यक्ष : निर्मला शर्मा
जनजाती उपाध्यक्ष : पुरण गुरुङ
मधेसी उपाध्यक्ष : अशोक कुमार रौनियार
पीछडिएको क्षेत्र उपाध्यक्ष : कृष्णबहादुर सेजुवाल
श्रेणी विहिन उपाध्यक्ष सोम कोइराला

महासचिव : जनक बहादुर रावल
उप महासचिव : इन्दु शर्मा, गणेश भण्डारी

खुला सचिव : कुल प्रसाद भट्टराई, जगत वहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भुपेन्द्र अधिकारी

जनजाति सचिव : शान्त राज राई
मधेसी सचिव : चिन्तन अचार्य
कोषाध्यक्ष : प्रयास घिमिरे

ranechhap