वि.सं.२०८३ वैशाख ३१ बिहीवार

माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन् ।

केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै वाईसीएलका अध्यक्ष सुमन देवकोटा पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

ranechhap