वि.सं.२०८३ वैशाख ३१ बिहीवार

बार चुनावका लागि पीपीएलको प्यानल घोषणा

khanepani

काठमाडौं । नेपाल बार एशोसिएशनको निर्वाचनका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) ले प्यानसहित उम्मेदवार घोषणा गरेको छ । पीपीएलए नेकपा एमालेनिकटको कानून व्यवसायी संगठन हो ।

पीपीएलएले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ । त्यस्तै उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, वागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमिल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिँदैछन् ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की परेका छन् ।

एमालेनिकटका कानून व्यवसायीविरुद्ध सत्ता गठबन्धनका वकिलहरु मिलेर लड्ने तयारी गरेका छन् । नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) को नेतृत्वमा गठबन्धनको प्यानल सार्वजनिक गर्न लागिएको बताइएको छ ।

बार नेतृत्वका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ ।

ranechhap