काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरिएको हो ।
रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ ।
आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको नेता उत्तम अधिकारीले बताए ।
अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन् । विधान बमोजिम ३०१ सदस्य बनाउने व्यवस्था रहेको छ ।









































