वि.सं.२०८३ वैशाख २६ शनिवार

माधव नेपालको आइडिया- ओलीको वितण्डा रोक्न संसद विघटन गरौं, वर्षमानले भने, त्यो सम्भव छैन

khanepani

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले संसद चल्न नदिएर आफूहरुलाई दुःख दिने काम गरिरहेको भन्दै यस्तो अवस्था रहे संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने- केपी ओलीको एमालेले संसद पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो अवस्थामा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम हुन्छ भनेर कुरा आएको छ । संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।

तर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न असम्भव रहेको भन्दै त्यो सम्भावना नरहेको बताए ।

ranechhap