वि.सं.२०८३ वैशाख १९ शनिवार

रुसी सेनाले किभका जनतालाई सुरक्षित रूपमा बाहिर निस्कन दिने

khanepani

काठमाडौं । युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलोपटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ ।

रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांकअनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् ।

यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन् ।

ranechhap