वि.सं.२०८३ वैशाख १९ शनिवार

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ ।

ranechhap