वि.सं.२०८३ वैशाख १९ शनिवार

एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन : ओली

khanepani

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् ।

आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् ।

ओलीले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’

एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्‍बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष अ‍ोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला फैलाएको प्रति आपत्ति जनाए ।

ranechhap