वि.सं.२०८३ वैशाख ८ मंगलवार

सिनामंगलस्थित अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

khanepani

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट एक जना विरामीले हामफालेका छन् ।

घटनामा मानसिक रोगी सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का गम्भिर घाइते भएको महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताए ।

उनका अनुसार खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । ‘घरमा हात, खुट्टा पोलेपछि अस्पतालमा ल्याउनु भएको रहेछ’, बस्नेतले भने, ‘सोमबार बिहान आमा औषधि लिन गएका बेला हाम फालेछन् ।’

घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए ।

ranechhap