वि.सं.२०८३ वैशाख ९ बुधवार

जर्मनी सङ्क्रमणको गम्भीर अवस्थामा, आर्थिक हिसाबले फेरि अर्को लकडाउनमा जान सक्दैनौँ: मर्केल

khanepani

एजेन्सी । जर्मन चान्सर एन्जिला मर्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छिन्।

जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितहरू बढ्दै गएका छन्।

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उनले भनिन्।

उनका अनुसार हाल अहिलेसम्मकै धेरै संख्यामा कोभिडका सङ्क्रमितहरू बढिरहेका छन् र यसबाट कसरी बच्ने भन्ने नै ठूलो चुनौती हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरूको सम्पर्कमा आएका मानिसहरूलाई खोज्ने र उनीहरूलाई उपचारको दायरामा ल्याउने भएको बताएकी थिइन्।

जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ।

उनले भनिन्– हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरू तय गर्नु पर्दछ।

ranechhap