वि.सं.२०८३ जेठ ३० शनिवार

भारतीय राजदूतले गरे गौर्खा सैनिकको प्रशंसा

khanepani

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनामा कार्यरत गोर्खा सैनिकले निःस्वार्थ सेवा र बलिदान गरेको भन्दै प्रशंसा गरेका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले भारतको ७४औं सेना दिवसको अवसरमा आयोजना गरेको समारोहमा बोल्दै क्वात्राले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले दुई देशका सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गरेका थिए ।

उनले कोभिड-१९ महामारी विरुद्धको लडाइँमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा पनि गरेका भारतीय दूतावासले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

ranechhap