वि.सं.२०८३ असार १७ बुधवार

बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब निकासा

khanepani

काठमाडौं । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेकाे छ । गृहमन्त्रालयले किसानकाे खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको कृषि विकास सचिव गाेविन्द शर्माले जानकारी दिए ।

केही दिन अघि निकासा भएको रकम स्थानीय तहबाट प्रमाणीकरण भएर आएका अधिक वर्षा प्रभावित जिल्लाका पीडित किसानलाई उपलब्ध गराउने उनकाे भनाइ छ ।

‘३१ जिल्लाका प्रमाणीकरण भएका किसानलाई राहत जान सुरु हुन्छ, पीडित किसानले राहत छिटो पाउन स्थानीय पालिका र वडाले छिटोभन्दा छिटो प्रमाणीकरण गरिदिनुपर्छ” सचिव शर्माले भने । थप राहत रकम किसानलाई उपलब्ध गराउनेगरी निकासा गर्न अर्थमन्त्रालयलाई पत्राचार गरिएको पनि मन्त्रालयले जनाएको छ । अध्ययन प्रतिवेदनले किसानलाई ५ अर्ब ५२ कराेड रुपैयाँ राहत दिनुपर्ने औल्याएको थियाे ।

ranechhap