वि.सं.२०८३ असार १८ बिहीवार

एमसीसीलाई समर्थन गर्दैनौं, सरकारबाट बाहिरिँदैनौं : सांसद चौधरी

khanepani

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नसकिने बताएका छन् । सोमबार रिपोर्टस क्लबमा आयोजित सात्क्षात्कार कार्यक्रममा चौधरीले सरकारबाट पनि नबाहिरिने बताए।

‘यही अवस्थामा हामी एमसीसी पास गर्दैनौं,’ चौधरीले भने, ‘हामी सरकारबाट पनि बाहिरिदैनौं । सरकारलाई दिएको समर्थन यथावत रहन्छ, सरकारमै रहन्छौं ।’

चौधरीले एमसीसीलाई मतदानमा लैजाँदा कुनै पनि दलले सांसदलाई ह्वीप लगाउन नहुने बताए । ‘यस्तो विषयमा सांसदलाई स्वतन्त्र छाडिदिनुपर्छ,’ उनको भनाइ छ, ‘दलको ह्वीप लगाउनै पर्छ, मान्नै पर्छ भन्ने कुरा गलत हो । सांसदलाई स्वविवेक प्रयोग गर्न दिनुपर्छ ।’

ranechhap