वि.सं.२०८३ असार १९ शुक्रवार

गाई चुनाव चिह्नमा राप्रपा नेपालको दावी

khanepani

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्नमा दावी गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिह्न गाईका लागि दावी गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले यसअघि नै नेपालको राष्ट्रिय चिह्न भएकाले गाई चुनाव चिह्न कसैलाई नदिने जनाइसकेको छ ।

यसअघि राप्रपालाई पनि आफ्नो झाण्डाबाट गाई हटाउन आयोगले निर्देशन दिएको थियो ।

यसअघि पनि राप्रपा नेपालको चुनाव चिह्न गाई नै थियो । तर पार्टी एकतापछि अहिले राप्रपासँग सो चुनाव चिह्न रहेको छ ।

ranechhap