वि.सं.२०८३ वैशाख १० बिहीवार

शाही र कँडेलसहित कर्णालीका नेतालाई ओली-प्रचण्डले बोलाए काठमाडौं

khanepani

सुर्खेत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेशका नेकपा नेताहरूलाई काठमाडौं बोलाएका छन्।

मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन्।

‘दिउँसो ४ बजेतिर मैले पत्र पाएको छु। पत्रमा अहिलेको अवस्थालाई यथास्थितिमा राखेर छलफलका लागि असोज २९ भित्र काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आउनु भनिएको छ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्ने नेतृत्व गरेका सांसद यामलाल कँडेलले भने।

कँडेलसँगै संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ।

‘पत्र आएको छ। हामी काठमाडौं जाने तयारी गर्दैछौं,’ निवर्तमान प्रमुख सचेतक शाहले भने।
यसअघि आइतबार कँडेल नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

कर्णालीमा सत्तापलट हुन लागेपछि काठमाडौंमा तरंग आएको थियो। बरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर फिर्ता लिन भनेपछि मंगलबार सहमति भएको हो।

ranechhap