वि.सं.२०८३ वैशाख १० बिहीवार

केयूकेएल महाँकाल चौरको भ्रष्टाचारको छानविन गर्ने कि द्रव्यमोहमा डुब्ने, साँउद र राजुको करोडौको सम्पत्तीको स्रोत के ?

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा “बाख्राको पाठी र बोका” समेत छुट्याउन नसक्ने कर्मचारी पनि छन भन्दा अर्को अर्थ लाग्ने छैन ।
केयूकेएलमा छन नै यस्तै । यस्तै कर्मचारीहरुको केयूकेएलमा हालिमुहालि छ । यी जस्तै कर्मचारीहरुले गर्दा केयूकेएलमा भ्रष्टाचारले जरो गाडेको छ । यहाँ गाडिएको भ्रष्टाचारको जरो उखेल्न जो कोहिले सक्ने अवस्था पनि छैन ।

यो केयूकेएल सरकार कै स्वामित्व भएको कम्पनी हो । यो कम्पनीमा करिव ५ वटा कर्मचारीहरुका युनियन आधिकारीक रुपमा दर्ता भएर खोलिएको छन । केयूकेएल कर्मचारीहरुको यूनियन प्रायः कुनै न कुनै राजनितिक पार्टीको आस्था बोक्ने कर्मचारीहरुले नेतृत्व गर्ने गरेका विगतदेखिका उदाहरणहरु छन । यहाँको प्रमुख कार्यकारी अधिकृतले यीनै यूनियनहरुको इच्छा मुताविक काम गर्नु पर्ने हुन्छ । उनीहरुको इच्छा बमोजिम काम नगर्ने प्रमुख कार्यकारी अधिकृतले अपमानीत मात्र हुनु पर्दैन कार्यकारी पदबाट हात धुनुपर्ने अवस्था पनि आउँछ । यहाँ यस्ता विगतका कयौं उदाहरणहरु छन । यहाँ अवल्ल दर्जाको व्यवस्थापकले पनि “भाले र पोथी“ समेत छुट्याउन नसक्नेहरुको चाकडी गरेर आफ्नो कार्यकाल समाप्त गर्नु उसको बाध्यता र नियति दुबै हुन्छ ।
यहाँ आउने कार्यकारी अधिकृतले पनि कहि न कहि केहि दान, दस्तुर र भेटी चढाएको हुन्छ । त्यो दान दस्तुर र भेटी तीनै कर्मचारीहरुको निगाह उसमा पनि रहेको हुन्छ । केयूकेएलका कर्मचारीहरुका युनियनका नेताहरुले केहि समयका लागि रुख्खा शुख्खा खाएर केन्द्रिय कार्यलयका काम नलाग्ने शाखामा बसेर काम गर्ने हो भने केयूकेएलको आधाभन्दा बढी भ्रष्टाचार र अनियमति काम कम हुने कुरा स्वंम युनियनका कर्मचारी नेताहरुको तर्क पनि छ । तर, उनीहरु त्यसो गर्न सक्दैन किन कि उनीहरु कर्मचारीहरुको भविष्यका लागि नेता भएका हैनन । उनीहरु यूनियनका अध्यक्ष भएर कमाई हुने ठूला शाखाको राम्रो र दाम आउने फाँट ताक्न हो भन्दा अर्को अर्थ लाग्ने छैन ।

सरकारी पक्षको युनियनका अध्यक्ष नवलसिंह साँउद महाँकाल चौर शाखाको प्रशासन र खरिद प्रमुख, प्रतिपक्षका यूनियन नेपाली कांग्रेस समर्थकहरुको पनि विचित्रको खेल छ । केयूकेएलमा देउवा र पौडेल पक्षका दुईवटा यूनियनहरुको लुछाचुडी पनि उदेकलाग्दो छ । यहाँ एउटा यूनियनको अध्यक्ष सन्त बोहोरा जाउलाखेल शाखाको लेखा प्रमुख छन् भने अर्का अध्यक्ष सन्त महाराज गूरु दक्ष पोख्रेल महाराजगञ्ज शाखाका प्रशासन र खरिद प्रमुख छन । यी तीन बाहेक चल्तीको यूनियन हो गोपालसिंह थामीकोे नेतृत्वको यूनियन । यस यूनियनका अध्यक्ष बानेश्वर शाखामा थिए । तर, कम्पनी सूधारको योजना बनाएर केन्दीय कार्यायलको अडिट शाखामा सरुवा भएर संस्थाको शाख जोगाउन प्रयास गरेको देखिएको छ । तर, यीनलाई पनि कपडी उल्टापासा खेल्ने प्रमुख कार्यकारी अधिकृतको चास्नीमा डुबेर हल्का हाई काडेर बस्छन् वा उनको द्रब्यमोहको विरुद्धमा जेहाद छेडेर काम गर्दछन, त्यो भविष्यलाई जिम्मा लगाउनुको अर्को विकल्प छैन ।

महांकाल चौर शाखामा पृथिबि नारायण शाहका जिल्लाका हाकिम पुर्खाको विरताको र्मममा झिर रोप्दै भ्रष्टचारीहरुको द्रब्यप्रेमजालमा र्निलिप्त हुनु अर्को विडम्बना भएको छ । उनी लेखाका राजु कोइराला र खरिदका साँउदको जालबाट बाहिर आउन सक्ने अवस्था छैन । राजु जागिरको अधिकांश समय राम्रो शाखाको लेखा नै चलाएर आएका धुर्त लेखा अधिकृत हुन । उनका समकक्षीहरु कतै सानको लेखा अधिकृत हँु भन्दै फाँटका झिँगा धपाएर दिन विताइरहेका छन । तर, कोइरालालाई रातदिन भ्याइ नभ्याइ छ । उनी कुनै समय काठमाडौंमा सिन्धुलीको दुम्जादेखि खालि खुट्टा काठमाडौं झरेका थिए । तर, केयूकेएलको लेखा अधिकृतको जागिरले उनलाई करोडपतिको हैसियत र दर्जा दिलाएको छ । उनको यो करोडौंको हैसियत कसरी भयो छानविन भएर आएमा यीनले सम्पतिको स्रोत कसरी देखाउलान ।

त्यस्तै अछामबाट आएका साँउदले तत्कालिन नेपाल खानेपानी संस्थानका महाप्रबन्धक कौशलनाथ भट्टराईको आर्शिवादले पानी ढलोमा बगेका पाइप र फिटिङका सामानमा बाजि मारेर थिए । त्यहि बाजी उनको लागि एउटा आर्थिक हैसियतको अवसर बनेर आयो । त्यहि अवसरलाई उनी केयूकेएललाई भ्रष्टाचारको अखडा बनाउन लागि रहेका छन ।

उनी इमान्दार कर्मचारी हुन । यो भन्दा उनले अहिलेसम्म कमाएको करोडौ पर्ने चलअचल सम्पतीको स्रोत के होला ? यीनले कसरी यत्रो आर्थिक हैसियत बनाएर, त्यति मात्र हैन यहि पैसा हो यीनको यो राजनितिक हैसियत पनि । उनी सरकारी पक्षको यूनियनका अध्यक्ष हुन । उनी जाउलाखेल शाखामा पनि आरामले आर्थिक लाभ लिइसकेका भाग्यमानी कर्मचारी हुन ।

केयूकेएलमा बोर्ड छ तर यो वोर्ड निरिह छ । यसले कुनै ठोस काम गर्ला र केयूकेएल उधो गतिबाट उभोगतिमा लाग्ला भन्ने अनुमानसम्म पनि गर्न सकिदैन । बोर्डका एक जना सदस्य भन्छन, हैन केयूकेएलका कर्मचारीहरुका पदमात्र साना, “मानिस छ अनुमान नै गर्न नसकिने अवस्थाका भनेर जिब्रो निकाल्थे ।” केयूकेएल बोर्डले यहाँको भ्रष्टाचारको निष्पक्ष छानविन गरोस भन्ने हाम्रो अपेक्षा हो ।

अख्तियार दूरुपायोग अनुसन्धान आयोग छ, देखाउने दाँत मात्र । दिउँसो भ्रष्टाचारको छानविन गर्ने बेलुका तिनै भ्रष्टचारीहरुको सूचना बोकेर दुई थोपा रक्सी धोक्छन । यो आरोप केयुकेएलका इमानदार कर्मचारीहरुको हो । बाँघ कराउनु र बाख्रा हराउनु संयोग भएजस्तै हामिले समाचार लेख्नु र अख्तियारका जिम्मेवार कर्मचारीले यी नै भ्रष्टाचारीहरुसँग दारु जुउनार गर्नुले पनि आरोपको पुष्टि गरेको छ ।

ranechhap