काठमाडौं । गोरखा ब्रुअरीले उत्पादन गरेका बियरहरुमा गुणस्तर नपुगेको पाइएको छ । गोरखा ब्रुअरीले राजश्व सकेत छलिगर्दै आएको छ । गोरखा ब्रुअरीले उत्पादन गर्दै आएको बियरमा तोकिएको गुणस्तर नपुगेपछि आन्तरिक राजश्व विभागले नयाँ अन्तस्शुल्क निर्धारण गरेको छ।
गोरखा ब्रुअरीले उत्पादन गर्दै आएका बियरहरुको गुणस्तर मापण गरिएको थियो। बियर उत्पादनको क्रममा जौको मात्रा ५० प्रतिशतभन्दा न्यून पाइएपछि आन्तरिक राजश्व कार्यालयले विभागलाई वर्गिकरणका लागि आग्रह गरेको थियो।
अन्तस्शुल्क ऐनअनुसार बियर भन्ने एकमात्र वर्गिकरण छ। जसमा ५० प्रतिशत जौको मात्रा हुनुपर्छ। तर गोरखा ब्रुअरीको उत्पादनमा जौको मात्रा पुगेको थिएन।
यसरी मापदण्ड नपुगेपछि विभागले बियरको बर्गिकरण दुई भागमा गरिदिएको छ। ५० प्रतिशत जौको मात्रा पुगेको बियरलाई साविककै दर लागू हुने र त्यो मापदण्ड पुरा नगर्ने बियरलाई उच्च अल्कोहल हुने अन्य मदिरा सरहको कर निर्धारण गर्ने वर्गिकरण गरिदिएको छ।
विभागको यो वर्गिकरणसँगै जौको मात्रा नपुगेका उत्पादनमा प्रतिलिटर ४६५ रुपैयाँ अन्तस्शुल्क दरबन्दी तोकिएको छ। गोरखा ब्रअरीको बियरमा मापदण्ड नपुगेको पाइएपछि एक हप्ता उत्पादन बजारमा गएको थिएन। यद्यपी अहिले भने नयाँ उत्पादन समिकरणबाट उसले उत्पादन सुरु गरिसकेको छ।
पछिल्लो समय गोरखा ब्रुअरी कर छलीको प्रकरणमा विवादित बन्दै आएको छ। यसअघि गोरखा ब्रुअरीमाथि आन्तरिक राजश्व कार्यालयले कर निर्धारण गर्दा न्यायाधिशलाई प्रभावमा पारेको थियो।
क्षेत्राधिकार मिचेर गोरखा ब्रुअरीको मुद्दा लिएर फैसला गरेको भन्दै तीनजना न्यायाधिशमाथि न्यायपरिषदले कारबाही गरेको थियो। ती मध्ये २ न्यायाधिशले राजिनामा दिएका थिए भने एकजनालाई बर्खास्त गरिएको थियो।
पहिले मापदण्ड नपुगेको जुन बजारमा नगएको बियरको स्टक,कच्चा पदार्थको विवरण आन्तरिक राजश्व कार्यालयले लिइसकेको छ।
आन्तरिक राजश्व विभागकी उप-महानिर्देशक शिवादेवी दाहालले नयाँ वर्गिकरणको परिभाषा गरेर १० ओटै ब्रअरीलाई पत्राचार गरिएको जानकारी दिइन्।
‘बियरको वर्गिकरण एक ठाउँमा मात्र छ। दुई प्रकारको वर्गिकरण थिएन। त्यसैले हामीले अहिले दुई भागमा बाँडेका छौं। हामीले कुनै पनि उद्योगलाई यसरी उत्पादन गर भन्न मिल्दैन। तर उहाँहरुले ५० प्रतिशत जौ राखेर उत्पादन गर्नुभयो भने एउटा दर लाग्छ त्यो नपग्ने वित्तिकै अर्को दर लागू हुन्छु उनले भनिन्।
नेपालमा लामो समयदेखि ब्रअरीहरुले मापदण्ड पुरा नगरी बियर उत्पादन गर्दै आएको यो घटनाबाट खुलेको छ। यद्यपी बियर उत्पादन गर्ने उद्योगमा कच्चा पदार्थको समिकरण,उत्पादन संख्याको अनुमगनका लागि विभागकै कर्मचारी उपस्थित हुन्छन्।









































