वि.सं.२०८३ वैशाख १९ शनिवार

नेपाली कांग्रेस विपीको डडेलधुरा संयोजकमा हमाल

khanepani

डडेलधुरा । प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मान्दै आएको पार्टी नेपाली कांग्रेस (बिपी) डडेलधुरा संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन् ।

बुधबार जिल्ला सदरमुकाम डडेलरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो । नेपाली कांग्रेस विपीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन् । अब छिट्टै जिल्लामा कार्य समिति विस्तार गर्ने हमालको भनाइ छ ।

ranechhap