वि.सं.२०८३ असार १९ शुक्रवार

हाइपर र क्रिप्टोबारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने

khanepani

काठमाडौं । हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालयसहित अन्य ७ निकायका उच्च अधिकारी सहभागी छन् ।

प्रहरीमा यस्तो ठगीबाट पीडितहरुबाट प्राप्त सूचना र राजस्व अनुसन्धान विभागले उजागर गरेको कैलालीका दिनेश खड्काको घटनालाई आधार मानेर यस्ता घटनाको विस्तृत अनुसन्धान अघि बढाउन बैठकमा सहमत भएको ती अधिकारीले बताए ।

‘प्रहरीमा प्राप्त पीडितको सूचनालाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने र डिजिटल सर्भिलेन्स पनि बढाउने विषयमा छलफल भयो,’ ती अधिकारीले भने, ‘यस्तो कारोबारले अर्थतन्त्रमा थपेको चुनौती र नियन्त्रणका लागि क्षेत्रगत हिसाबले कसरी अघि बढ्ने भन्ने योजना पनि बैठकमा बनेको छ ।’

ranechhap