वि.सं.२०८३ वैशाख ७ सोमवार

भक्तपुरका हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

khanepani

भक्तपुर । भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ।

महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचना पाएको थियो। सोही सूचनाका आधारमा शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको हो।

प्रहरीले ती गेष्ट हाउसबाट तीन सञ्चालकलाई पनि पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। साथै सात जना महिलाहरूलाई पनि पक्राउ गरेको छ।

प्रहरीले सुनकोशी गेष्ट हाउस, सनराईज गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

ranechhap