वि.सं.२०८३ असार १४ आइतवार

ईयूले कोरोनाबाट सुरक्षित मानिएका १४ मुलुकका नागरिकलाई भ्रमण अनुमति

khanepani

एजेन्सी । युरोपियन युनियन(ईयू)ले १४ देशका नागरिकलाई जुलाई १ देखि युरोप प्रवेश दिने घोषणा गरेको छ।

यो सूचिमा अमेरिका, ब्राजिल र चीन लगायतका मुलुक भने समावेश छैनन्।

बिबिसीमा प्रकाशित समाचारका अनुसार युरोपियन युनियनले आफ्नो क्षेत्रमा प्रवेश दिने मुलुकको सूचिमा अस्ट्रेलिया, क्यानडा, जापान, मोरोक्को र दक्षिण कोरिया लगायतका देशलाई समावेश गरेको छ।

युरोपियन युनियनले चीनले आफ्ना यात्रीहरूलाई प्रवेश दिए उसलाई पनि सूचिमा राख्न तयार रहेको पनि जनाएको छ।

ईयूलप सीमा नियन्त्रणले आफ्नो क्षेत्र भित्र युरोपियन क्षेत्रका नागरिकहरूलाई पनि प्रवेश दिने बताएको छ।

यसैगरी उसले युनियन छाडेको बेलायतका नागरिकलाई ब्रेक्जिटमार्फत हुने वार्ताका आधारमा छुट्टै नियमबाट सम्बोधन गर्ने बिबिसीको समाचारमा उल्लेख छ।

बेलायती नागरिकहरूले ब्रेक्जिटको प्रक्रिया नसकिदांसम्म युनियनका नागरिकसरहको सुविधा पाउनेछन्। डिसेम्बर ३१ सम्म ब्रेक्जिटको प्रक्रिया नसकिदांसम्म उनीहरूलाई यो सुविधा हुनेछ।

ईयूले निकालेको सूचिमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्गिया, जापान, मोन्टेनग्रो, मोरोक्को, न्यू जील्यान्ड, रूवान्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्यूनिशीया र उरूग्वे रहेका छन्। अवस्था हेरेर यो सूचिमा फेरबदल हुनसक्ने जनाइएको छ।

यसमा युनियनका ५५ प्रतिशत सदस्य राष्ट्रले सहमति जनाएका छन्। यी देशले युरोपका ६५ प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्छन्।

गृष्मकालिन छुट्टिका कारण यो समय युरोपको पर्यटनका लागि सबैभन्दा व्यस्त समय हो। पर्यटन क्षेत्रले लाखौं मानिसलाई रोजगारी उपलब्ध गराउनेगर्छ।

युरोपले जारी गरेको यो सूचिलाई मंगलबारसम्म अन्तिम रूप दिने ठानिएको छ।

ranechhap