वि.सं.२०८३ वैशाख ७ सोमवार

कोरोना महामारीलाई चुनौति दिने सरकारी निर्णय, स्थगित शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

khanepani

काठमाडौं । सरकारले कोरोना महामारी कायममै रहदाँ रोकिएका शैक्षिक संस्थाका परिक्षा र तालिम संचालन गर्न अनुमति दिएको छ । यस अनुमतिले आगामि दिनमा कोरोना महामारीले कुन रुप लिने हो अनुमान गर्न सकिने अवस्था छैन ।

सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ।

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको हो।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ।

यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ।

व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले अब २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम लिन सक्ने सरकारले जनाएको छ।

ranechhap